१३ औं पोखरा महोत्सव सुरु

समाधान संवाददाता २०८१ पुष २५ गते २०:३६

पोखरा । १३ औं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको पोखरा महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
मन्त्री गुरुङले पोखरा महोत्सवको आयोजना गरी क्लबले गरेको सामाजिक कामको प्रसंशा गर्दै पोखरामा खुल्ला चिडियाखाना निर्माणको थालनी गरेको र उक्त कार्य सरकारले अपनत्व लिएको बताए ।
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले पर्यटनको राजधानी घोषणा भइसकेको पोखरामा धेरैभन्दा धेरै पूर्वाधार बन्नुपर्नेमा जोड दिए । पर्यटकीय राजधानी घोषणा गरिदिएर मात्र नहुने बताउदै त्यसको पुर्वाधार निर्माणका गाली गण्डकी प्रदेश सरकार र पोखरा महानगरले समेत पुर्वाधारका कामहरु गर्नुपर्नेमा उनको जोड रहेको थियो ।
गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले युनाईटेड क्लबको पहलकदमीमा पोखराको लेखनाथ स्थित पचभैया क्षेत्रको सामुदायिक बनमा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना निर्माणमा गण्डकी प्रदेश सरकार प्रतिवद्ध भएर अगाडी बढेको बताए । पोखरामा खुल्ला चिडियाखाना निर्माणमा युनाईटेड क्लबले पहलकदमी गरेको र उक्त कार्यलाई गण्डकी प्रदेश सरकारले साकार पारेरै छाड्ने र त्यसका लागि युनाईटेड क्लब जस्तै सम्पूर्ण संघ संस्थाहरुको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ रहेको थियो ।
प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले युनाईटेड क्लबको सामाजिक कामको प्रशंसा गरे । क्लबले महोत्सवको आयोजना गरी सामाजिक काममात्र नभई पर्यटन प्रवद्र्धन र शिक्षाको क्षेत्रमा पु¥याएको उनले बताए ।
गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले युनाईटेड क्लवले अहिले सम्म गरेको कार्यको प्रशंसा गर्दै अन्य संघ संस्थाले समेत यसको सिको गर्नुपर्ने बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले युनाईटेड क्लबले पोखरा महोत्सवको आयोजना गरी सरकारलाई कर समेत तिरेर त्यसबाट बचत भएको रकमबाट सामाजिक काम गर्नु आफैमा श्रहानिय काम भएको बताए ।
त्यस्तै पोखरा महानगरपालिका वडा नं १२ का अध्यक्ष सन्तोष बास्तोलाले युनाईटेड क्लबले सामाजिक काम मार्फत आफुलाई अग्रणी स्थानमा राख्न सफल भएको र पोखरा महोत्सव पोखराको ब्राण्ड बनेको बताए । महोत्सवको आयोजना गर्नु आफैमा चुनौती भएतापनि युनाईटेड क्लबले महोत्सवको आयोजना गरेर सामाजिक काम गर्नु आफैमा गौरवको विषय भएको बताए । युनाईटेड क्लबको सिको अन्य संघ संस्थाहरुले समेत गर्न सक्नुपर्नेमा जोड दिए ।
क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले क्लबले स्थापना कालदेखि पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षणमा काम गर्दै आइरहेको बताए ।
वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानको कदर गर्दै ४ जना व्यक्तिलाई महोत्सव उद्घाटन कार्यक्रममा सम्मान गरिएको छ । पत्रकार कृष्णमणि बराल, भ्लगर सञ्जय पुन, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने चन्द्रकान्त बराल र प्रेमबहादुर जिसी सम्मानित भएका हुन् । उनीहरुलाई मन्त्री गुरुङ, क्लबका अध्यक्ष लोकबहादुर थापालगायतले दोसल्ला र सम्मान पत्रसहित सम्मान गरेका थिए ।
महोत्सवअघि पोखरा रंगशालादेखि महोत्सव स्थलसम्म विभिन्न आमा समूह, क्लबसहित ३ सयभन्दा बढी संघसंस्थाको सहभागितामा झाँकी निकालिएको थियो । झाँकीतर्फ नेपाल मगर संघ इकाइ समिति पोखरा १५, द्वितीय ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, तृतीय क्षेत्री समाज नेपालको (सराङ नाच) र सिद्धेश्वर भजन मण्डल पोखरा १५ सिद्धेश्वर भजन समुह पोखरा १५ सान्त्वना स्थानमा आएका थिए ।
¥यालीतर्फ स्वर्णिम टोल महिला समूह पोखरा १० प्रथम, सानी मझुवा आमा समूह पोखरा १५ द्वितीय, सिमलमार्ग टोल विकास संस्था पोखरा १० तृतीय र रुकुमेली एकता समाज सान्त्वना भएको थियो ।
महोत्सव मुल आयोजक समितिका संयोजक लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य दामोदर बैरागी, रुपा गाँउपालिकाका अध्यक्ष नवराज ओझा, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, राष्ट्रिय प्रकृति तथा वित्त आयोगका सदस्य जुद्ध बहादुर गुरुङ, बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडका लेखा समतिका संयोजक तथा आर केडी होल्डिङ कम्पनी लिमिटेडका सञ्चालक धर्मराज भण्डारी, गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारी, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कन्चन थापा लगायतले महोत्सवको चर्चा गरेका थिए ।
युनाईटेड क्लबका महासचिव तथा पोखरा महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया