सम्पादकीय—पालिकाको आफ्नै बल बुताको प्रगतिशील काम

केही स्थानीय तहहरुले अनौपचारिक क्षेत्र तथा स्वरोजगार श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटेका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले त्यस्ता श्रमिकलाई समेट्न सामाजिक सुरक्षा योजना सञ्चालन सम्बन्धी कार्यविधि पारित गरेर अभियान चलाएको छ । श्रमिकलाई कोषमा समेट्न स्थानीय तहमार्फत् सम्झौता गर्न सकिने कार्यविधिमा व्यवस्था छ । अभियान अन्तर्गत पहिलोपटक स्याङ्जाको फेदीखोला लगायत पालिकाले कोषसँग सम्झौता गरी योजना कार्यान्वयनमा ल्याई सकेको छन् ।
नेपाल सरकारले ११ मंसिर२०७५देखि औपचारिक क्षेत्रका श्रमिकलाई समेटेर सामाजिक सुरक्षा योजना लागु गरेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ अनुसार औपचारिकहुँदै वैदेशिक रोजगारमा जाने श्रमिकदेखि अनौपचारिक क्षेत्रलाई समेत योजनामा समेटिएको छ । कोषसँग समझदारी गरेपछि स्थानीय तहहरुले विषेश गरेर ३ प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्नुपर्छ ।
स्थानीय तहले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने गरी आवद्ध गर्ने पहिलो विकल्प हो । दोस्रो, सो पालिकाभरीका श्रम ऐन लागू हुने क्षेत्रका श्रमिकलाई कोषमा आवद्ध गर्नै पर्ने गरी बाध्यकारी व्यवस्था गर्न सक्छन् । यस्तै, तेस्रो विकल्प भनेको स्थानीय तहले आफ्नो पालिकाभरका अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बन्धित पालिकाले रकम नै हालेर पनि कोषमा आवद्ध गराउन सक्छन् ।
योजना अन्तर्गतको काम अगाडि बढाउन पालिकाले श्रम डेस्क स्थापना गरी श्रमिकको पञ्जीकरणको व्यवस्था गर्नु पर्छ । श्रमिक सूचीकरणको अलवा कोषसँग सम्झौता गरेपछि अनौपचारिक क्षेत्रका श्रमिकलाई योजनामा समेट्न बाटो खुल्छ । सामाजिक सुरक्षा योजनाको कार्यान्वयन गर्ने काम संघ, प्रदेश र स्थानीय तहको सरकारको दायित्व भित्र पर्छ । सुरुआतको चरणमा एक आपसमा मिलेर कार्यक्रम अगाडि चलाउने बहस भएतापनि टुंगोमा पुग्न सकेको छैन । तीन तहको सरकार बीच समन्वय र सहकार्य भएमा बढीभन्दा बढी अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न सकिन्छ ।
जनताको जीवनयापनमा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य छ । त्यसैले समझदारी गर्ने पालिकाले अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न विशेष योजना बनाउनुपर्छ । सबै प्रकारका सामाजिक सुरक्षाका कार्यक्रमहरु कोषमार्फत नै अघि बढाउनु पर्ने र कोषका कार्यक्रमको दायरा बढाउनु पर्छ । तथापि सीमित स्रोत र साधन र प्रयाप्त बजेट नहुँदा स्थानीय तहलाई कार्यक्रम अगाडि बढाउन कठिनाई भएको देखिन्छ । आफ्नै बल बुताले जेन तेन कार्यक्रम अगाडि बढाएका छन् ।
स्थानीय तहहरु कोषमा आवद्ध भएर सर्वसाधारण नागरिकलाई संविधानमा व्यवस्था गरिए बमोजिमको समाजवाद उन्मुख कार्यक्रम लागू गर्नुपर्छ । स्थानीय तहहरु कोषमा आवद्ध हुने क्रम बढे पनि कोषमा स्थानीय तहको प्रतिनिधित्व नभएकाले कानुन संशोधन आवश्यक छ । कोषले सञ्चालन गर्ने योजनाहरुका बारेमा स्थानीय तहसहितका सरोकारवालाहरुको समान धारणा बनाउन सकेमात्र सामाजिक सुरक्षा योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकिन्छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया