पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनले पोखरामा अटो सो गर्ने
पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) ले पोखरामा ‘वाडा अटो सो २०२५’ आयोजना गर्ने भएको छ । बिहीबार बसेको वाडाको कार्यसमिति बैठकले चैत महिनाभित्र अटो सो गर्ने निर्णय गरेको हो ।
अटो सोका लागि उपाध्यक्ष निरन केसीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
अध्यक्ष दीपेन्द्र कोइरालाका अनुसार वाडा अटो सोका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न र उपसमितिहरु गठनका संयोजक केसीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
पोखरामा अटो सो आयोजना हुँदा अटोमोबाइल क्षेत्रमा थप उत्साह हुनेमा आफूहरु विश्वस्त रहेको वाडाका अध्यक्ष कोइरालाले बताए । नाडाको समेत साथ लिएर अटो सो आयोजना गरिने उनले बताए ।
गत साता सम्पन्न वाडाको १९औं साधारणसभा तथा १०औं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको शतप्रतिशत उपस्थितिमा वाडाको बैठक बसेर अटो सो आयोजना गर्ने लगायतका निर्णय गरेको महासचिव विनय थापाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया