अमेरिकाको भर्जिनियामा पोखरीमा डुबेर २ नेपालीको मृत्यु

पोखरा । अमेरिकाको भर्जिनिया च्याान्टिलीस्थित १ होटेल बाहिर रहेको पोखरीमा डुबेर बिहीबार बिहान २ नेपालीको निधन भएको छ । मृतक दुवै जना कारमा सवार थिए ।
फेयरफ्याक्स काउन्टी प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार, विन्डहम होटेल नजिकै ती २ नेपाली चढेको कार हिउँका कारण चिप्लिँदै पोखरीमा खसेपछि दुवै जनाको निधन भएको हो ।
मृतकहरूमा बुटवल स्थायी घर भई भर्जिनियाको च्यान्टिली बस्ने ५५ वर्षीय कर्णबहादुर खड्का र काठमाडौंका २१ वर्षीय निश्चल भट्ट हुन् । भट्ट विद्यार्थी भिसामा ६ महिना अघिमात्र अमेरिका आएका थिए । उनीहरु मामाभान्जा हुन् ।
उनीहरूले चलाएको गाडी पोखरीभित्र खसेपछि उनीहरू निस्कन नसकेका कारण उनीहरूको निधन भएको प्रहरीको भनाइ छ । उनीहरू खसेको १० मिनेटभित्रै प्रहरीसहितको उद्धार टोली आएर सो गाडी पोखरीबाट निकाल्दासम्म उनीहरूको चिसोमा कठ्याङ्ग्रिएर मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।








जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया