किनबेचको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ ।
लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारीक केन्द बिन्दु बनेको हो ।
महोत्सवमा आएका दर्शकहरुले घर फर्कदा केही न केही सामाग्री लिएर घर फर्कने गरेकाले अघिल्ला दिनको तुलनामा ब्यापारको कारोवार बढेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष ध्रुववावु भटराईको दावी रहेको छ ।
महोत्सवमा राखिएका करिव तीन सय ३६ फरक/फरक प्रकृतीका स्टलहरुमा दैनिक उपभोग्य सामानहरु पाईने भएपछि उपस्थीत दर्शकहरु खुसी हुदै फर्केको देखिन्छन् भने ब्यापारी पनि अघिल्ला दिनको तुलनामा ब्यापार बढेकाले सन्तुष्ट रहेको बताएका छन् ।
माघ १ गतेसम्म चल्ने महोत्सव आठौं दिनमा चलीरहदा विहिवार मात्र ४० लाख वरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म आउदा ३ करोड ७५ लाख बरावरको कारोवार भएको स्टलमा गरिएको ब्यापारको सर्वेक्षणले देखाएको महोत्सव प्रचार प्रसार उपसमितिका संयोजक जानुका अधिकारीले जानकारी दिएकी छन् ।
वातावरणीय अनुकुलले साथ दिएकाले मध्यान्न पछि दर्शकको चाप वाक्लो देखिन्यो । दर्शकको चाप दिन प्रतिदिन वढ्दै गएको देखिएको छ ।यसैबिच बिहीबार मात्र १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा दर्शकको सख्या हजार पुगेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठको भनाइ छ ।
यसैविच महोत्सवको आठौ दिन कलाकारहरु राजु गुरुङ, पूर्णकला बिसी, जिवन दाहाल, पार्वती जिसी, रामजी पौडेल, रामप्रसाद ढकाल र वसन्ती थापाले प्रस्तुती दिएका थिए भने हाँस्य कलाकारहरु युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुतीले दर्शकहरुलाई पेट मिचि मिचि हँसाएको थियो । बेलुका कन्सर्टमा गायक आशिष राना ‘लाउरे’ को प्रस्तुतीले स्टेज तताएको थियो । लाउरेको प्रस्तुती हुने भएपछि अपरान्हदेखी नै महोत्सवाम युवा युवतीहरुको उल्लेख्य उपस्थीती रहेको थियो ।
शुक्रबार कलाकारहरु पुष्कल शर्मा, सम्झना लामिछाने मगर, कुमार पुन, जिवन दाहाल शिवहरी ढुंगाना, ईन्द्र गुरुङ, मिरा पोखरेल, अमर धितालको प्रस्तुती रहनेछ भने बेलुका कन्सर्टमा दुर्गेश थापा र अस्मिता अधिकारीको प्रस्तुती रहने कलाकार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले जानकारी दिएका छन ।
महोत्सवको थप आर्कषणको रुपमा रहेको युगल नृत्य प्रतियोगिता अन्र्तगत बिहिबारसम्म सहभागि २४ जोडी मध्ये १६ जोडी बाहिरिएका छन भने ८ जोडि सेमीफाईनलको लागि छनोट भएका खुल्ला युगल नृत्य प्रतियोगिताका संयोजक धिरज कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
महोत्सवमा गाडी देखि साडी सम्म र नुन देखि सुन सम्म एकै ठाउमा पाईने भएपछि उत्पादक र उपभोत्ताको संगम स्थलका रुपमा महोत्सवलाई लिइएको छ । लेखनाथ महोत्सवको आयोजना लेखनाथ उद्योग बाणिज्य संघले गरे पनि यो महोत्सव गण्डकी प्रदेशकै नमुना र ऐतिहासिक महोत्सवका रुपमा परिचित भएको निवर्तमान अध्यक्ष छत्रधर आत्रेयको दावी छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया