गोगन माविको ५७ औं वार्षिकोत्सव

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको बिहीबार ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरे ।
सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरु समाधान हुने विश्वास व्यक्त गरे । पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको उल्लेख गर्दै उनले यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुने गरी परिणाम प्राप्त हुने बताए ।
गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहका साथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको बताउँदै विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिँदै आइएको बताए ।
विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकहरुबाट अध्यापन गराइएको उल्लेख गर्दै उनले सिमिति साधनस्रोतका बीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भैरहेको बताए । विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि सञ्चालन गरिरहेको उनले जानकारी दिए । विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवम् शैक्षिक प्रतिवेदनबारे जानकारी गराएका थिए ।
कार्यक्रममा शिक्षकहरु अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो । कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको सभापतित्व एवम् शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले सञ्चालन गरेको कार्यक्रमको धन्यवाद सहित समापन शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदी लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न उत्कृष्ट सांस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया