काठमाडाैं लागे रवि लामिछाने

समाधान संवाददाता २०८१ पुष २६ गते १५:०८

पोखरा ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडाैंतर्फ लागेका छन् । लामिछाने शुक्रबार अपरान्ह साढे १२ बजे स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।


सहकारीसम्बन्धित मुद्दा काठमाण्डौंमा पनि रहेकाले उनी आइतबार जिल्ला अदालतमा उपस्थित हुने बताइएको छ ।

Advertisement


सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया