पचभैया मन्दिरमा १ करोड बत्ती बालिने

स्मीता अधिकारी २०८१ पुष २६ गते १६:२०

पोखरा ।
पोखरा –३१ बेगनास्ताल स्थित पचभैया देउराली मन्दिरमा साेमबारदेखि श्री स्वस्थानी व्रतकथा सुरु हुँदैछ । मन्दिर व्यवस्थापन समूहको आयोजनामा हुन लागेकाे व्रतकथामा एक करोड बत्ती बाल्ने तयारी रहेकाे आयोजकले बताएकाे छ ।

Advertisement


धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसावले महत्त्वपूर्ण मानिएको पचभैयालाई आर्थिक र सामाजिक रुपमा उत्पादन मुलक बनाउने उद्देश्यले दिप प्रज्वल गर्न लागिएको समितीका अध्यक्ष पुरुसोत्तम अधिकारीले बताए ।


दिप प्रज्वलनका लागि स्थानीयले बत्ति दान शुरु गरेका छन् । बेगनास्तालका स्थानीय कृष्णप्रसाद त्रिपाठीले एक लाख बत्ति दान गरेका छन् ।

Advertisement

स्वस्थानी ब्रतकथा पुस २९ गते देखि माघ ३० गतेसम्म हुनेछ । पुजारी प. कृष्ण गौतम मुख्य पुजारी तथा बेगनास्ताल भजन मण्डलीले व्रतकथा अवधिभर एक महिना निशुल्क भजन कृतन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा भजन गायक शिव शर्मा पनि सहभागी हुनेछन् ।


स्वस्थानी आरम्भ सँगै उक्त मन्दिरमा हरेक दिन बेलुका ६ बजे देखि १० बजे सम्म र दिउँसो १२ बजे सम्म कथा वाचन सहित भजन कृतन गरिने र अन्तिम तथा साङ्यको दिन एक करोड बत्ती प्रज्वलन सहित समापन गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।

Advertisement


श्री स्वस्थानी व्रतकथालाई सफल पार्न देउराली नमुना आमा समूह , पचभैया आमा समूह, लाकुरी आमा समूह, बेगनास्ताल महिला समूह, दिदी बहिनी महिला समूह, सिमल डाँडा आमा समूह, कडेल स्वारा आमा समूह, त्रिकाङ आमा समूह लगायत स्थानीय सामाजिक समूहहरु सक्रिय रुपमा लागिपरेका छन् ।


पचभैया कोट देउराली मन्दिर बेगनास्ताल बसपार्क देखि २ किलोमीटर पूर्वमा अवस्थित देवी मन्दिर हो । उक्त मन्दिर विगत ३० वर्ष देखिनै विधिवत रुपमा दर्ता भइ विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप हुँदै आएका छन् ।

स्मीता अधिकारी

 अधिकारी  दी राइजिङ नेपाल डेलीकी पोखरा संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया