कांग्रेसका ३७ विभागमा सचिव मनोनित, प्रदेश समन्वय विभागमा डा रघु काफ्ले

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीको ३७ विभागमा सचिव मनोनित गरेका छन् ।
उनले शुक्रबार प्रदेश समन्वय विभागको सचिवमा डा रघु काफ्ले, महिला विभागमा कविता इटनी, सूचना, सञ्चार तथा प्रचार विभागमा गोपाल झा, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागमा इञ्जिनियर समीक्षा चौधरी, उद्योग तथा व्यापार विभागमा धु्रव खड्का, सहकारी विभागमा चन्द्रप्रसाद ढकाल, पेशागत तथा वुद्धिजीवी विभागमा विजय तुम्वाहाम्फे, तराई–मधेस समन्वय विभागमा मनोजकुमार दास, दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दीपक सोनी, धर्म–संस्कृति समन्वय विभागमा इन्द्रमान तुलाधर, वित्तीय संस्था समन्वय विभागमा सिए दिलमानसिंह चन्दलाई मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।
त्यसैगरी थारू विभागमा हल्लुप्रसाद चौधरी, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभागमा हेमलाल पुन, स्थानीय तह समन्वय विभागमा लेखनाथ पोखरेल, निर्माण व्यवसाय समन्वय विभागमा एडी लामा, कानुन विभागमा अधिवक्ता कलमबहादुर खत्री, खेलकुद विभाग राजन केसी, शुभेच्छुक संस्था समन्वय विभागमा निर्मला क्षेत्री, संसदीय मामिला विभागमा वासु कार्की, गैरसरकारी संस्था समन्वय विभागमा प्रल्हादवावु पन्त, आदिवासी जनजाति विभागमा पासाङ शेर्पा, भू.पू. सैनिक विभागमा सुनिता लामिछाने, स्वास्थ्य विभागमा ईश्वर कार्की मनोनित भएका छन् ।
पिछडिएको क्षेत्र समन्वय विभागमा उत्तम सिम्खडा, आपूर्ति तथा उपभोक्ता विभागमा मनोहरि तिवारी, श्रमिक तथा ट्रेड युनियन विभागमा डीपी अर्याल, आर्थिक नीति तथा योजना विभागमा नवीन खनाल, विज्ञान तथा सूचना प्रविधि विभागमा इ.सरोज धिताल, पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा विपिन किरण, अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा भोजराज श्रेष्ठ, भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभागमा वीरेन्द्र थापा, व्यावसायिक सीप विकास विभागमा सुभाष कोइराला, पूर्वआप्रवासी समन्वय विभागमा सुभाषप्रसाद लोहनी, साहित्य, कला तथा संस्कृति विभागमा रिसवदेव घिमिरे, बालबालिका तथा किशोर–किशोरी समन्वय विभागमा रञ्जिता यादव, मानव अधिकार विभागमा डा वासुदेव गिरी र उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागमा खगेन्द्र आचार्य मनोनित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।








राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया