थमन महेश पुस्कार दीपक परियारलाई

पोखरा । यस वर्षको थमन महेश स्मृति पत्रकारिता पुस्कारबाट पत्रकार दीपक परियार पुरस्कृत हुने भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको शनिबार पोखरामा हुने छैठौं अधिवेशनको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको छ ।
कान्तिपुर राष्ट्रिय दैनिकमा आबद्ध परियार डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । उनलाई नगद २५ हजारसहित पुरस्कृत गरिने पे्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडीले बताए । प्रेस सेन्टरका सल्लाहकार कोमलनाथ बरालको संयोजकत्वमा बनेको प्रतिभा छनोट समितिले दिएको सिफारिसको आधारमा प्रेस सेन्टर कास्कीले परियारलाई पुरस्कृत गर्ने निर्णय भएको हो ।
समितिमा अग्रज पत्रकार विश्वप्रकाश लामिछाने, पूर्व सम्मानित विभु भुषाल, पदेन सदस्यमा प्रेस सेन्टर कास्की अध्यक्ष कृष्ण दवाडी र सचिव पुष्प दाहाल छन् । प्रेस सेन्टर कास्कीको छैटौं अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
जिल्ला अधिवेशनको तयारी पूरा भएको अध्यक्ष दवाडीले जनाए । अधिवेशनमा पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेकपा माओवादी (केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपस्थित हुने तय छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया