पृथ्वीचोकबाट स्कुटर चोर्ने र त्यहि स्कुटर किन्ने पक्राउ

पोखरा । पार्किङ गरी राखेको स्कुटर चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–९ लखनचोक (पृथ्वीचोक)मा पार्किङ गरी राखेको २ वटा स्कुटर चोरी गरेको आरोपमा ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।
पुस ९ गते पार्किङ गरि राखेको ग २५ प ७१३ र ग १८ प २७३७ नम्बरको स्कुटर चोरी गर्ने पोखरा–११ बस्ने २६ वर्षीय सन्तोष लामिछाने, मादी गाउँपालिका घर भई पोखरा १५ बस्ने २७ वर्षीय किरण परियारलाई पुष १८ गते पक्राउ गरेको उनले बताए ।
उनीहरुले त्यो स्कुटर नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–५ बस्ने ३० वर्षीय प्रह्लाद कोहारलाई बिक्री गरेको अनुसन्धानका क्रममा बताएका थिए । सोही आधारमा कोहारलाई बिहीबार ग १८ प २७३७ नम्बरको स्कुटरसहित पक्राउ गरेको प्रवक्ता शर्माले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा म्याद थप गरी अनुन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया