र्यान्डम रिडर्स सोसाइटीमा ‘तुइन जिन्दगी’ चर्चा

पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा डा रेणुका सोलुको निबन्धकृति ‘तुइन जिन्दगी’को परिचर्चा गरेको छ । कार्यक्रममा डा ईश्वरमणि अधिकारीले सोलुले निबन्धमा सत्यमाथिको अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध परिवार, समाज र सरकारसित कडा प्रतिवाद गरेको बताए ।
‘आमाहरू र समस्त नारी जातिमाथिको विभेद तथा विभेदपूर्ण समाज, संस्कार तथा परिवेशहरूमाथिको उनको यो खबरदारी साँच्चै प्रशंसायोग्य छ,’ डा अधिकारीले भने, ‘एउटी नारीको सङंघर्षपूर्ण जीवनको लामो फेहरिस्त किताबमा छ ।’ जीवन बाँच्ने वा बाँच्न चाहने धेरै आमादिदीबहिनीको भावनालाई कृतिले समेटेको बताउँदै उनले सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक दुर्गमता तथा दुरवस्थाले गाँजिएका आम नारीको चेतना र सङंघर्षको दस्तावेजका रूपमा कृति आएको बताए ।
‘तुइन जिन्दगी’ नारीमाथि गरिएका अन्याय, अत्याचार, कुसंस्कृति, धार्मिक–सामाजिक असामानता, विभेद आदि इत्यादिका विरुद्ध उभिएको एउटा लिखित दस्तावेजहरूको समष्टिगत स्वरूपका रूपमा आएको डा. अधिकारीको भनाइ छ । निबन्धकार सोलुले आफूले जीवनमा भोगेका तीतामीठा कुरालाई अनुभूतिको गहिराइमा पुगेर लेखेको बताइन् ।
कृतिमा लेखिएका निबन्धहरू यथार्थको धरातलमा टेकेर लेखिएको बताउँदै डा. सोलुले आज पनि महिलाले भोग्नुपरेको अनेकौँ पीडा लेखिसाध्य नै नभएको बताइन् ।
विश्वविद्यालय जस्तो प्राज्ञिक निकायमा समेत महिला हिंसाको कहालीलाग्दा घटना आफूले देखेको बताउँदै उनले समाज परिवर्तनका लागि सचेत वर्गले आवाज उठाउन छोड्न नहुने बताइन् ।
सोसाइटी अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा गुञ्जन साहित्य समाजकी अध्यक्ष जलेश्वरी श्रेष्ठ र संस्थापक अध्यक्ष पद्मावती सिंह, सोसाइटीका सचिव नेपालप्रकाश अधिकारी, डा रजनी ढकाल, कुमार तामाङ, बाबुराम सुवेदी लगायतले बोलेका थिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया