न्याय परिषदमा दामोदर खड्काको सिफारिस
समाधान संवाददाता
२०८१ पुष २७ गते १८:१३

पोखरा । नेपाल बार एसोसिएसनले न्याय परिषदको रिक्त सदस्य पदका लागि बरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस गरेको छ। शनिबार बसेको बारको कार्यसमिति बैठकले यो निर्णय गरेको हो।
न्याय परिषदमा प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशसहित थप दुई जना सदस्य हुन्छन्। यी दुई सदस्यमध्ये एक जनाको नाम प्रधानमन्त्रीले र अर्कोको नाम नेपाल बार एसोसिएसनले सिफारिस गर्ने संवैधानिक व्यवस्था छ।
बारले आइतबार नै यो सिफारिससम्बन्धी औपचारिक पत्र न्याय परिषदमा पठाउनेछ। न्याय परिषदले बारको सिफारिससहितको पत्र संसदीय सुनुवाइ समितिमा पठाउनेछ। संसदीय सुनुवाइबाट अनुमोदन भएपछि मात्रै दामोदर खड्काको नियुक्ति हुनेछ। उहाँको कार्यकाल चार वर्षको हुनेछ।
न्याय परिषद सदस्य रामप्रसाद श्रेष्ठले अवकाश पाएपछि यो पद रिक्त भएको थियो।
सम्बन्धित
तपाईको प्रतिक्रिया