वृद्ध भत्ताको ४ लाख सरस्वती मन्दिरलाई दान

पोखरा । आफ्नो वृद्ध भत्ता जम्मा गरी एक ८० वर्षीय वृद्धले ४ लाख रुपैयाँ दान गरेका छन् । पोखरा २३ हर्पनका स्थायी बासिन्दा खिमलाल पौडेलले सोही वडाको सिद्धवराह माध्यमिक विद्यालय माझथुममा सरस्वती मन्दिर निर्माणका लागि रकम दान गरेका हुन् ।
हाल भारतको बनारसमा बस्ने पौडेलले आफूले प्राप्त गरेका रकम र नेपाल सरकारले प्रदान गरेको ज्येष्ठ नागरिक भत्ता जम्मा गरी रकम प्रदान गरेका हुन् । मन्दिर बनाउने इच्छा भएको उनी बेला बखत पोखरा भन्ने गर्थे । वनारसको एक आश्रममा सन्यासी जीवन बिताइरहेका पौडेल अहिले श्री १०८ स्वामी खेलन आश्रम नामले चिनिन्छन् ।
सम्भव भएसम्म भविष्यमा पनि विद्यालय र मन्दिरका लागि सहयोग गर्ने इच्छा पौडेलले जाहेर गरे । उनले ‘सरल यति सन्ध्या’ नामक गरेको पुस्तक पनि लेखेका छन् । वनारसबाट नै उक्त पुस्तक प्रकाशित भएको छ ।
शनिबार भएको कार्यक्रममा दाता पौडेल, गण्डकी प्रदेशका सभा सदस्य प्रकाश बराल र वडा नं २३ का अध्यक्ष रामकाजी गुरुङले संयुक्त रुपमा गरेका छन् । विद्यालयमा अन्य भौतिक संरचना राम्रो भए पनि मन्दिर आवश्यक रहेको र त्यो अब पूरा भएको विद्यालयका प्रधानाध्यापक वद्रीनाथ पराजुली बताउँछन् ।
रामकाजी गरुङ तथा सभासद बरालले मन्दिर सम्पन्न गर्न अपुग हुने रकम आफूहरुले व्यवस्था गर्ने वाचा गरे । कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुरुदत्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धवराह गुरुकुल सन्यास आश्रम माझथुमका बटुकहरुले स्वस्ती वाचन गरेका थिए ।
तपाईको प्रतिक्रिया