न्यु ग्यालेक्सीमा शिक्षासेवी डा. कायस्थकोे सालिक

पोखरा । शिक्षासेवी डा. राधेश्याम कायस्थको सालिक निर्माण गरिएको छ । पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा न्यु ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपल कायस्थको विद्यालय परिसरमा सालिक निर्माण गरिएको हो ।
सालिक शिक्षासेवी जर्ज जोनले अनावरण गरे । विस १९९९ कात्तिक ३ गते पचभैयामा जन्मिएका कायस्थको २०७७ पुस २७ गते निधन भएको हो । करिव १० लाखको लागतमा सालिक निर्माण गरिएको विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए ।
लामो समय शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुर्याएका कायस्थलाई सालिक अनवरणमा सवैले स्मरण गरे । शिक्षाविद् जर्ज जोनले स्व.कायस्थलाई शिक्षाको नक्षत्रको रुपमा स्मरण गरे । ’उहाँसँग महिले करिव ६४ वर्ष सम्म काम गर्ने अवर मिल्यो, उहाँको शिक्षा प्रतिको लगावले मलाई निकै नै प्रभावित पार्थ्यो’ शिक्षाविद् जोनले भने, ’उनलाई समकक्षीले मात्रै होइन विद्यार्थीले पनि औधी रुचाउँथे ।’ स्व.कायस्थले देखाएको बाटोलाई हामीले अविलम्वन गर्न सकेमा मात्र उहाँ प्रति सच्च श्रद्धाञ्जली हुने उनको भनाइ थियो ।
समकक्षी प्राडा उत्तमकृष्ण कर्माचार्यले उनको योगदानलाई नेपालमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गरिनु पर्ने बताए । ’हामीसँगै त्रिचन्द्र कलेजमा पढ्ने अवसर जुरेको थियो । उनको संगत मलाई अहिले पनि प्रेरणा वनेको छ,’ कर्माचार्यले भने, ॅउहाँको योगदनका विषयमा हामी सबैले आ–आफ्नो तर्फबाट चर्चा गरी नयाँ पुस्तालाई सिकाइको विषय बनाउनु पर्दछ । ’
हिसानका केन्द्रीय उपाध्यक्ष तथा स्व. कायस्थका विद्यार्थी बाबुराम पन्तले नेपाल सरकारले नसकेका काम प्राइभेट सेक्टरले परिपुरकमा रुपमा रहेर आम नागरिकलाई सेवा दिनुपर्छ भन्ने उहाँको भनाई अहिले आएर पुष्टि भएको उल्लेख गरे । एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले स्व. कायस्थ शैक्षिक क्षेत्रको धरोहरको रुपमा रहेको उल्लेख गरे ।
कायस्थ सर पुस्तकका लेखक रवीन्द्र माकाजूले उहाँका तर्कसंगत र विज्ञानसम्मत प्रवचनले आधुनिक वैज्ञानिक पण्डित भन्ने गरेको बताए ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाशमान उदास, डा.वसन्त कुमार ताम्राकार, पृथ्वीनारायण क्याम्पसका सह प्रध्यापक मिनराज लम्साल, शिवशक्ति क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोलाले बोलेका थिए । कार्यक्रममा स्व.कायस्थकी नातिनी आरोही कायस्थले कविता वाचन गरेकी थिइन् ।
न्यु ग्यालेक्सी माविकी संस्थापक लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल डा. रामजी शर्माल स्वागत तथा विद्यालयका सहायक प्रिन्सिपल राजेश भण्डारी र विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया