जयश्री आहा रारा गोल्डकपको सहप्रायोजक

समाधान संवाददाता २०८१ पुष २७ गते १९:४७

पोखरा । सहारा क्लब पोखराको आयोजनामा माघ २२ देखि फागुन ३ सम्म हुने २४ औं संस्करणको आहा रारा गोल्डकप फुटबल’ प्रतियोगितालाई जयश्री फुड्सले साथ दिएको छ । शनिबार पोखरामा आयोजित एक कार्यक्रममा सहारा अध्यक्ष केशवराज बराल र जयश्रीका जनरल म्यानेजर अमित अग्रवालबीच सहप्रयोजकका लागि सम्झौता भएको हो ।

Advertisement

सम्झौता अनुसार जयश्रीले क्लबलाई ५ लाख रुपैयाँ प्रदान गर्ने छ । मोफसलकै चर्चित फुटबल प्रतियोगितामा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै जयश्रीका जनरल म्यानेजर अग्रवालले सामाजिक दायित्व पूरा गर्ने लक्ष्यअनुरुप खेल क्षेत्रमा जोडिएको बताए ।

‘सह–प्रायोजक हुन पाएकोमा खुुसी लागेको छ’, अग्रवालले भने, ‘यसबाट व्यावसायिक र खेल दुबै क्षेत्रलाई लाभ हुने अपेक्षा गरेको छु ।’ जयश्रीको उत्पादन भान्सा घर चामल प्रतियोगिताको सहप्रायोजकका रुपमा देखिनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउ छ ।

Advertisement

तपाईको प्रतिक्रिया