नवआदर्श सामुदायिक विकास समाजको अध्यक्षमा दिनेश भण्डारी

पोखरा । पोखराको नवआदर्श सामुदायिक विकास समाजको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन्। संस्थाको २८औं साधारणसभा तथा १५औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा प्रथम उपाध्यक्ष अर्जुन भण्डारी, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा, सचिव शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल रहेका छन्। सदस्यहरूमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल चयन भएका छन् भने बाँकी ४ सदस्य कार्यसमितिको बैठकले मनोनीत गर्ने अध्यक्ष भण्डारीले बताए।
विष्णुप्रसाद शर्माको नेतृत्वमा होमबहादुर बानियाँ र रामचन्द्र आचार्य सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गराएको थियो। नवनिर्वाचित कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले समाजले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे। पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, संस्थाका मानार्थ सदस्य बाबुराम आचार्य र पूर्व अध्यक्ष रेश्मा अधिकारीले पनि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा तीज महोत्सव संरक्षण कोषका दाताहरूलाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष स्वागतमान सिंह भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष दिनेश भण्डारीले स्वागत मन्तव्य र सचिव हरिबहादुर थापाले कार्यक्रम संचालन गरेका थिए।
पोखरा लामाचौरमा अवस्थित यस संस्थाले तीज महोत्सव लगायत विभिन्न कार्यक्रम गर्दै आएको छ। एम्बुलेन्स, शववाहन संचालन गर्नुका साथै गोस्तेघाट खेल मैदान निर्माण गरेको यस संस्थाले खेलकुद, शिक्षा, स्वास्थ्य, लोक तथा कला संस्कृतिको संरक्षणमा पनि काम गर्दै आएको छ।









रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया