ऋषिङ अल्ट्रा म्याराथनमा सेनाको वर्चश्व

डुम्रे (तनहुँ) । ‘ऋषिङ समृद्धिको आधार, कृषि, संस्कृति, पर्यटन र पूर्वाधार’ नाराका साथ आयोजना गरिएको चौथो ऋषिङ अल्ट्रा म्याराथनमा नेपाली सेनाका होमलाल श्रेष्ठ पहिलो भएका छन् । बयालिस दशमलव दुई किलोमिटरको दूरी दुई घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गरी उनी पहिलो भएका हुन् । श्रेष्ठले रु ६५ हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै नेपाली सेनाकै राजन मेयोङ्वा निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ३६ सकेण्डमा पार गरी दोस्रो भए । उनले रु ४० हजार नगद पुरस्कार प्राप्त गरे । सेनाकै जुनेश खड्का दुई घण्टा ५९ मिनेट ५९ सेकेण्डमा दूरी पार गर्दै तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पाए ।
यसैगरी, प्रतियोगितामा नवलपुरका रिखुलाल सिञ्जाली मगर, सोलुखुम्बुका अर्जुन कुलङ राई, सोलुखुम्बुकै मिलन राई र स्याङ्जाका हरि सिञ्जाली मगरले सान्त्वना पुरस्कार प्राप्त गरे । उनीहरुले जनही रु १० हजार पुरस्कार पाएको ऋषिङ गाउँपालिकाका सूचना अधिकारी सौगात तिमिल्सिनाले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतका गरी ५० धावकले सहभागिता जनाएका थिए । रासस







फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया