सम्पादकीय—बिस्फोटक पदार्थको नियन्त्रण

समाधान संवाददाता २०८१ पुष २८ गते ११:०५

पोखराको ३३ का माइकल चौधरी र सविन तामाङका लागि २०७९ सालको फागुन महिनाको ९ गते एक सामान्य दिनको सुरुवात थियो । विद्यालयको बिदामा उनीहरु साथीहरूसँग खेल्न निस्केका थिए । तर, त्यो दिन उनीहरूको जीवनमा अप्रत्याशित परिवर्तन आयो, जसले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई अनवरत असर पुर्‍यायो । त्यस दिन उनीहरुले एउटा ‘खेलौना’ देखे, जसलाई उनीहरूले मात्र खेल्ने वस्तु ठाने ।

Advertisement

तर त्यो खेलौना एक बिस्फोटक पदार्थ थियो, जसको अनपेक्षित विस्फोटले उनीहरु घाइते भए । माइकल र सविनले त्यो विस्फोटक पदार्थलाई निस्किएर घर लगेका थिए र घरमा पुर्‍याएर खेल्ने सोच राखेका थिए । जसको परिणामस्वरुप त्यो वस्तु विस्फोट भयो र उनीहरू दुवै गम्भीर घाइते भए । माइकलको शरीरमा गहिरो घाउ लाग्यो र सविनका शरीरमा पनि चोटहरू आए । यस घटनाले न केवल उनीहरूको शारीरिक स्वास्थ्यमा असर पुर्‍यायो, अपितु उनीहरूको मानसिक स्वास्थ्य पनि गम्भीर प्रभावित भएको छ ।


सशस्त्र फौजले बन्दुक र विस्फोट पदार्थ पड्काउने अभ्यासस्थल नजिकै हुँदाको परिणाम माइकल र सविनले विस्फोटक पदार्थ फेला पारेका हुन् । अर्थात त्यस्तो अभ्यासका सामग्रीको यथाचित बन्दोबस्ती नभएको उदाहरण हो त्यो । अर्काेतिर मुलुकमा १० वर्ष चलेको सशस्त्र संघर्षको बेला जताततै बिस्फोटक पदार्थहरु छोडिएका थिए, तीबाट पनि बेलाबेला मानिसहरुको ज्यान जाने वा घाइते हुने घटना भइ नै रहेका छन् । युद्धको समाप्तिपछि पनि बालबालिका वा कुनै पनि नागरिकको जीवनको जोखिमको कारण बम र बारुद हुनु दुखद हो ।


माइकल र सविन जस्ता पीडितहरूको शारीरिक स्वास्थ्यभन्दा बढी मानसिक स्वास्थ्यको ख्याल राख्नु पनि उत्तिकै महत्वपूर्ण छ । यी बालकहरुलाई तात्कालिक र दीर्घकालीन मानसिक साथको आवश्यकता छ । यसका लागि सरकारले र स्वास्थ्य संस्थाहरूले मानसिक स्वास्थ्य उपचारका लागि योजना बनाउनु पर्छ । संघर्षका क्रममा प्रयोग भएका बम, बारुद र अन्य विस्फोटक पदार्थहरू नष्ट गर्ने प्रभावी कामका लागि लागि समग्र सरकार र समाजले मिलेर जिम्मेवारी वहन गर्नुपर्छ । गाउँमा, जहाँ जोखिम उच्च छ, त्यहाँ बम नष्ट गर्ने अभियान र जागरूकता फैलाउने कार्यमा तीव्रता ल्याउनु आवश्यक छ । बालबालिकारु र साना गाउँले समुदायहरूलाई यस्ता विस्फोटक पदार्थहरुको खतरा र त्यसबाट बच्ने उपायहरूबारे सचेत गराउनु आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया