काठमाडौं अदालतमा न्यायाधीश अधिकारीको इजलासमा रविको मुद्दा

समाधान संवाददाता २०८१ पुष २८ गते ११:५३

काठमाडौं ।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। पूर्वगृहमन्त्री लामिछानेको बयान र थुनछेक जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ। 

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा उनी बिहीबार धरौटीमा रिहा भएका थिए । उनी आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको रास्वपा सभापति लामिछानेलाई मुद्दा छ।
थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको छ। उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया