मुस्ताङमा माछा पोखरीमा डुबेर वृद्धको मृत्यु
समाधान संवाददाता
२०८१ पुष २८ गते १३:४७

जोमसोम ।
मुस्ताङमा माछा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । थासाङ गाउँपालिका—२ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचनको आफ्नै घर अगाडीको माछा पोखरीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
घटनाको सूचनापछि प्रहरी चौकी कोवाङबाट प्रहरी सहायक निरीक्षक डिलबहादुर भण्डारीको कमाण्डमा ४ जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सागर पौडेलसहित ५ जनाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनास्थलको निरीक्षण, मुचुल्का संकलन गरेको थियो ।
माछा पोखरी पूर्णप्रसाद गौचनकै रहेको र माछालाई दाना दिन जाने क्रममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आँकलन छ ।
प्रहरी निरीक्षक पौडेलले पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको र घटनाबारे्मा थप अनुसन्धान भईरहेको जानकारी दिए ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया