मुक्तक मञ्चमा अम्बिका
समाधान संवाददाता
२०८१ पुष २८ गते १६:०७

पोखरा ।
मुक्तक मञ्च केन्द्रीय समिति पोखराको शनिबार भएको ९ औं अधिवेशनबाट अम्बिका भण्डारीको नेतृत्वमा नयाँ समिति चुनिएको छ ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा अम्बिका ओझा, उपाध्यक्ष निर्मल पौडल, उपाध्यक्ष किरण ढकाल, महासचिव श्रद्धा आचार्य, सचिवद्वय विना बराल र राजन अधिकारी र कोषाध्यक्षमा करण कपुर खनाल छन् ।
सदस्यमा सन्देश पौडेल, सुस्मा अधिकारी, कृष्ण सुवेदी, सुरेन्द्र ल्वागुन, सुन झाँकी ’सूर्य’, विष्णुप्रसाद पौडेल र मनिषा लामिछाने छन् । सोही अवसरमा मञ्चले प्रकाशन गरेको समकालीन मुक्तकको संयुक्त सञ्चयन ‘मुक्तक यात्रा’समेत सार्वजनिक गरिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया