पोयुसापको मञ्चमा नारी स्रष्टाको आवाज

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार र गुन्जन नारी साहित्यिक संस्थाको संयुक्त आयोजनामा भएको नारी स्रष्टा विशेष कवि गोष्ठीले पोखरामा साहित्यिक रौनक छाएको छ । अनुभवी र युवा नारी स्रष्टाहरूको उल्लेख्य उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो ।
गोष्ठीमा हजुरआमा उमेर समूहकी अध्यक्ष तथा आख्यानकार जलेश्वरी श्रेष्ठ, वरिष्ठ आख्यानकार पद्मावती सिंह, भागीरथी श्रेष्ठ र साहित्यकार तथा प्राज्ञ सुलोचना मानन्धर धितालजस्ता अनुभवी स्रष्टाहरूले आफ्ना अनुभव सुनाएर युवा स्रष्टाहरूलाई प्रेरित गरेका थिए । जलेश्वरी श्रेष्ठले ६५ वर्षअघि घरटोलबाटै पढ्न सुरु गरेको र आज ढुक्कसँग आफ्ना सिर्जनाहरू सुनाउन सकेको बताउँदै पुरुष प्रधान समाजमा महिलाको साहित्यिक यात्रा कठिन भए पनि अहिले अवस्थामा सुधार आएको बताइन् ।
अनुभवी स्रष्टासँगै पोखरा र काठमाडौंका युवा नारी स्रष्टाहरूले पनि आफ्ना सिर्जनाहरू वाचन गरेका थिए । पोखरा बहिरबाट पद्मावती सिंह, भागीरथी श्रेष्ठ, इल्या भट्टराई, सिर्जना शर्मा, उपमा आचार्य, शान्ति पराजुली, गीता कार्की, कमला सृष्टि शाक्य, सन्ध्या पहारि, सुस्मिता नेपाल, डा रेणुका सोलु, डा रजनी ढकाल, सुलोचना मानन्धर, डा ज्ञानु पान्डे र पोखराबाट हरिदेवी कोइराला, सरस्वती प्रतीक्षा, सरस्वती श्रेष्ठु ‘सरु’, ईशा शाह, गीता अधिकारी जून, छन्दिका त्रिपाठी, गौरी तमु, लक्ष्मी थापा, शुभ शर्मा, केशु शर्मा, संगीता बराल बिसी लगायतका नारी स्रष्टाहरूले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए ।
गोष्ठीमा वाचन गरिएका कविताहरूमा नारीको संघर्ष, समाज परिवर्तन, प्रेम र जीवनका विभिन्न आयामहरू समेटिएका थिए । नारी स्रष्टाहरूले साहित्यको माध्यमबाट समाजमा व्याप्त विभेद र असमानताका विरुद्ध आवाज उठाएका थिए ।
पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारीले स्वागत मन्तव्य राख्दै यस्ता कार्यक्रमले पोखरामा साहित्यिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताइन् ।
प्राज्ञ हरिदेवी कोइरालाले माछापुच्छ्रेको आँगन फेवातालमा नारी स्रष्टाका सिर्जनाहरू साटासाट गरी सुन्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तरताको लागि पहल गर्ने बताएको पोयुसापका सचिव एमडी काफ्लेले जानकारी दिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया