जिल्ला सहकारी संघ कास्कीमा दीपकराज बास्तोला

पोखरा । जिल्ला सहकारी संघ लिमिटेड कास्कीको अध्यक्षमा दीपकराज बास्तोला निर्वाचित भएका छन् । संस्थाको ५१ औँ साधारणसभाले बास्तोलालाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा छविलाल लामिछाने, महिला उपाध्यक्षमा अम्बिका गौतम आचार्य, महासचिवमा दीपक प्रकाश आचार्य, कोषाध्यक्षमा भोजराज घिमिरे छन् ।
सञ्चालक सदस्यमा आनन्द सुवेदी, धनराज पुरी, विमलाकुमारी थापा बस्नेत, मैनादेवी रावत, चन्द्रावती गैह्रे, सविना अधिकारी क्षेत्री, ईश्वरीप्रसाद लम्साल छन् । राष्ट्रिय प्रतिनिधि सदस्यमा विना लोहनी चयन भएकी छिन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा रुद्रनाथ पौडेल, सदस्यमा सुष्मा पहारी, नारायण बजगाइँ छन् । ईश्वरी ढकाल संयोजक रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रमको उद्घाटनपछि गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालले सहकारी संघले उत्कृष्ट काम गरेको बताए । उनले सहकारी सिद्धान्त, मूल्य मान्यता तथा ऐन नियमको परिधिभित्र रहेर सञ्चालन गरेमा कुनै समस्या नआउने जिकिर गरे ।
नेफ्स्कुनका सञ्चालक कमलादेवी गिरी, पोखरा महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, अधिवक्ता युवराज पराजुलीले सहकारीको महत्वबारे प्रकाश पारेका थिए । कार्यक्रममा सहकारीका ११ जना ज्येष्ठ अध्यक्ष, पीपलबोट दुग्ध उत्पादक सहकारी संस्था, पत्रकार हरि पन्त, उत्कृष्ट कर्मचारी गुरुप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष सावित्रा कोइराला, कोषाध्यक्ष नवराज बराल र लेखा सुपरिवेक्षण समितिका धर्मराज गुरुङले आआफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्बिका गौतम आचार्यले सहकारीका सिद्धान्त वाचन, महासचिव दिपकराज बास्तोलाले सञ्चालन गरेका थिए । पोखरा–७ सहिदचोकस्थित संघमा हाल ४ सय २४ सहकारी संघ र संस्था आवद्ध छन् । संघले दुग्ध सहकारीमार्फत दैनिक रुपमा संकलित करिब ४ हजार लिटर दूध खरिद गरी प्रशोधन गरेर प्याकेट दूध, दही, नौनी, पनिर, खुवा र आइसक्रिम उत्पादन गरेर बजारमा बिक्री गर्दै आएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया