माघे संक्रान्तिमा सिक्लेस मेला

पोखरा । कास्कीको मादी गाउँपालिका–१ पर्यटकीय गाउँ सिक्लेसमा माघ १ देखि ४ गतेसम्म माघे संक्रान्ति मेला हुने भएको छ । क्लबको ३० औं वार्षिकोत्सव एवं माघे संक्रान्तिको अवसरमा सिक्लेस माघे संक्रान्ति मेला आयोजना गर्न लागिएको सिक्लेस युवा क्लबका अध्यक्ष भोलामान गुरुङले जानकारी दिए । ४ दिनसम्म सञ्चालन हुने मेलामा खुला पुरुष भलिबल, खुला महिला भलिबल, खुल्ला पुरुष बास्केटबल, गुरुङ गीतमा सामूहिक नृत्य, ठेलो प्रतियोगिताहरु आयोजना गरिएको अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । पुरुष बास्केटबल प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ७० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मेलाको अवसरमा नै आयोजना गरिएको गुरुङ भाषा गीतमा सामूहिक नृत्य प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेताले ४५ हजार र तेस्रो हुने समूहले ३० हजार, उत्कृष्ट भेषभुषा र नृत्य निर्देशकले ५/५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै मेलाको अवसरमा नै आयोजना गरिएको ठेलो प्रतियोगिताको विजेताले ४५ हजार र उपविजेताले ४० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजंग गुरुङले मेलाले सिक्लेस लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा सहयोग पुग्ने अपेक्षा लिएको बताए । ‘माघे संक्रान्ति मेलाको अवसरमा हामीले सिक्लेस लगायत नेपालकै कम उचाई अवस्थित क्हफुचे हिमताल, कोरी लेक लगायत पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्य पनि हो,’ वडाध्यक्ष गुरुङले भने ।
४ दिनसम्म सञ्चालन हुने मेलामा करिव १३ लाख रुपैयाँ आम्दानी हुने अपेक्षा आयोजकले राखेको छ । पोखराबाट ४० किलोमिटरको दुरीमा पर्ने अन्नपूर्ण हिमाल र लमजुङ हिमालको काखमा अवस्थित सिक्लेसमा करिब २ हजार ५ सय पर्यटक राख्न सक्ने होटल र होमस्टेको व्यवस्था छ ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया