चेम्बर अफ कमर्स वालिङमा प्रकाश न्यौपाने

पोखरा । चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको चौथो साधारणसभा तथा दास्रो अधिवेशनबाट न्यौपाने दोस्रो पटक अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ र पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जङ्गबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँण र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ निर्वाचित भए ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले व्यवसाय उपभोक्तामैत्री हुनुपर्ने बताए । उनले भने, “व्यवसाय नाफामुखी मात्र होइन, उपभोक्तामैत्री पनि हुनुपर्छ ।” व्यवसायीले मूल्यसूची राख्ने, म्याद गुज्रिएका सामग्री नराख्ने र उपभोक्ताको स्वास्थ्यप्रति विशेष ख्याल राख्नुपर्नेमा उनको जोड थियो ।
उक्त अवसरमा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडाध्यक्ष शेरबहादुर श्रेष्ठ अमृत, उपाध्यक्ष पुष्पा अर्याललगायतले धारणा राखेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया