पोखरा गेट हटाइयो, पुनर्निर्माणको प्रतिबद्धता

पोखरा । पृथ्वी राजमार्गको पोखरा स्थित अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक “पोखरा गेट” आज राजमार्ग विस्तारका क्रममा हटाइएको छ ।

गेट हटाउने कार्यलाई सफल बनाउन पोखरा महानगरपालिकाले केही दिनअघि सर्वपक्षीय बैठकको आयोजना गरी सहमति कायम गरेको थियो। विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको पोखराका मेयर धनराज आचार्यले बताएका छन् ।
महानगरपालिकाले पोखरा गेटलाई उपयुक्त स्थानमा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ। यसै क्रममा पृथ्वी राजमार्गको एकतर्फी मार्ग विस्तार तीव्र गतिमा अगाडि बढाइएको छ।
पोखरा महानगरपालिकाले सबै सरोकारवालालाई विकास र पूर्वाधार निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा साथ दिन आग्रह गरेको छ ।










कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया