फूलबारी मन्टेसरीको रजत जयन्ती

पोखरा ।
फूलबारी मन्टेसरी कटेज पोखरा–३, नदीपुरले रजत जयन्ती तथा १३ औं अभिभावक दिवस मनाएको छ । शनिबार भएको रजत जयन्ती समारोह गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरे ।
कार्यक्रममा मन्त्री थापाले गुणस्तरीय शिक्षाबाट नै बालबालिका तथा देशको भविष्य उज्ज्वल हुने जनाए । उनले रजतजयन्ती स्मारिकासमेत लोकार्पण गरे । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले अहिलेका साना बालबालिका भोलिका देशका कर्णधार बन्ने बताए ।
शिक्षासेवी विकल शेरचनले साना बालबालिकालाई पढाउनु गाह्रो काम भएको उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेश लोक सेवा आयोगका सदस्य योगेन्द्र गौचन, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार बिमला भण्डारी, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, शिक्षासेवी विकल शेरचन, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत जीवनप्रसाद रेग्मी, मन्टेसरी एसोसिएसन कास्की अध्यक्ष भवानी बराल, गण्डकी बोर्डिङ स्कुलका प्रिन्सिपल डा विश्वयूधीर घर्ती, पूर्व जिल्ला शिक्षा अधिकारी नगेन्द्रराज पौडेल, अभिभावक डा लक्ष्मण बास्तोला लगायतले बोलेका थिए ।
कार्यक्रममा सिल्भर अवार्ड जूना पुन, वेस्ट स्टाफ अवार्ड कृतिना श्रेष्ठ र वेस्ट टिचर अवार्ड सुनिता बास्तोलाले प्राप्त गरे । कार्यक्रममा १० वर्षभन्दा बढी सेवा गरेका शिक्षक तथा कर्मचारी ईश्वरीदेवी पौडेल, ज्योति गुरुङ, भरतबहादुर मल्ल, शेरबहादुर गुरुङ, नीरु आचार्य र विष्णुमाया तामाङ सम्मानित बने ।
विद्यालयका संस्थापक अध्यक्ष जीवनकुमार शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल अरुना शेरचन, सफल सुवेदी र सुनिता बास्तोलाले पनि बोलेका थिए । कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए । पोखरा ३ नदीपुरस्थित विद्यालयले प्ले ग्रुपदेखि कक्षा ३ सम्म अध्यापन गराउँदै आएको छ ।
तपाईको प्रतिक्रिया