पोखरामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

पोखरा । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा पोखरा आर्ट ग्यालरीमा सोमबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ ।
अमेरिकासहित विभिन्न देशका एक दर्जन कलाकार र नेपाली कलाकारले तयार पारेका दुई दर्जन बढी कला प्रदर्शनीमा राखिएका छन् । मंगलबार प्रदर्शनीमा पानी रङसहित विभिन्न रङका चित्र समावेश गरिएका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कला र संस्कृतिलाई पर्यटनसँग जोड्दै पोखरालाई कला क्षेत्रको गन्तव्यका रूपमा विकास गर्न आवश्यक भएको बताए । पोखरामा विसं २०२५ देखि ‘आर्ट ग्यालरी’ सञ्चालन गरी युवालाई कला क्षेत्रमा आकर्षण गर्दै आइएको बताउँदै उनले कलाक्षेत्रले स्थानीयस्तरदेखिका मौलिकतालाई चिनाउने उल्लेख गरे ।
नेपालको कलालाई विदेशसम्म प्रचारप्रसार र प्रवर्द्धन गर्न यस्ता प्रदर्शनी फलदायी हुने नगरप्रमखु आचार्यले बताउँदै यो प्रदर्शनी विदेशी र नेपाली कलाकारका नयाँनयाँ कलाका बारेमा अनुभव साटासाट गर्ने अवसर बनेको धारणा राखे ।
“कला सबैको हातबाट निस्कन सक्दैन, केही मानिसमा यस्ता किसिमका कला हुन्छन्, जो सबैले हेर्नु र जान्नु आवश्यक छ”, प्रमुख आचार्यले भने, “पछिल्लो समय कलाक्षेत्रबाट पनि आफ्नो जीविकोपार्जन गर्नसक्ने अवस्था सिर्जन भएको छ ।”
ललितकला प्रज्ञा–प्रतिष्ठान आधुनिक कला शाखाका संयोजक सौरगङ्गा दर्शनधारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विदेशी कलाकारहरूले आ–आफ्नो भनाइ राखेका थिए । रासस








जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया