सहप्राध्यापक डा गौतम वन क्याम्पस पोखराको प्रमुख नियुक्त

पोखरा ।
वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पसको प्रमुखमा सहप्राध्यापक डा. नारायणप्रसाद गौतम नियुक्त भएका छन् । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको हालैको निर्णयअनुसार सहप्राध्यापक डाक्टर गौतमलाई क्याम्पस प्रमुखको जिम्मेवारी प्रदान गरिएको हो ।
आइएस्सीबाट विद्यावारिधिसम्मै वनविज्ञान विषयमा अध्ययन गरेका उनले चीनबाट विद्यावारिधि अध्ययन पूरा गरेका हुन् ।
क्याम्पसबाट उत्कृष्ट शिक्षकबाट सम्मानित, त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट शिक्षक सम्मानित हुँदै राष्ट्रिय शिक्षा पुरस्कार २०८१ प्राप्त गरेका २ कार्यकाल सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख र विषय समिति अध्यक्ष भइसकेका गौतम बारा सिमराका स्थायी बासिन्दा हुन् ।
गौतमका वन वातावरण वन्यजन्तु व्यवस्थापन जलवायु परिवर्तन र सामुदायिक वन को क्षेत्रमा दर्जनौँ अनुसन्धानमूलक लेख रचनाहरू प्रकाशित भएका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानको केन्द्रीय क्याम्पस, पोखराले विगत ५० वर्षदेखि वन, वातावरण, जैविक विविधता, जलवायु परिवर्तन, जलाधार व्यवस्थापन, र वन्यजन्तु अध्ययनको क्षेत्रमा शैक्षिक तथा अनुसन्धानात्मक योगदान प्रदान गर्दै आएको छ । त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया