महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम

पाेखरा ।
पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजामा ४ दिने वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमबार भएको छ । हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको आयोजना र वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा तालिम भएकाे हाे ।
पोखरा महनागरपालिका प्रवत्ता एवं वडा न. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले तालिमले जीवनोपयोगी शिक्षा मात्र प्रदान गरि नयाँ कुरा जान्ने मौका, प्रेरणा प्रदान गरेको विश्वास व्यक्त गरे ।
कार्यक्रममा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धनकुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवार, सुवाश भण्डारी, तारा विक, वडा कार्यालयका विभिन्न तहका कर्मचारीहरु, महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाका विभिन्न पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
तालिमा मासु, मेथिको अचार लगायत अन्य विभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोईराला त्रिपाठीले बताइन् । प्रशिक्षक कमला श्रेष्ठले तालिम सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा उद्घोषण तालिम पनि दिइएको थियो । उद्घोषण तालिम प्रशिक्षकको रुपमा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भिम श्रेष्ठ थिए ।
महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत एवं धन्यवाद उपाध्यक्ष रिता पौडेले त्रिपाठी र सञ्चालन बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र सचिव गंगा त्रिपाठी तथा हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेल गरिन् ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया