गरिमा विकास बैंकमा दिलीपप्रताप खाँड

समाधान संवाददाता २०८१ माघ १ गते १७:५६

पोखरा । गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ सञ्चालन चुनेको छ । दिलीपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दीपेन्द्र श्रेष्ठ सञ्चालक निर्वाचित भएका हुन् ।

Advertisement

सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ सञ्चालकमा विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोइराला भए । साधारणसभा पश्चात बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकले दिलीपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

साधारण सभाले प्रस्तुत भएका सम्पूर्ण प्रस्ताव छलफल गरी सर्वसम्मत पारित गरेको छ । विकास बैंकले २०८०/८१ को वार्षिक प्रतिवेदनसहित सेयरधनीहरुलाई प्रस्ताव गरिएको ५ प्रतिशत (करसहित) को नगद लाभांश पारित गरेको छ । हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ छ । बैंकले हाल देशभर १ सय २३ शाखा, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा दिइरहेको छ ।

तपाईको प्रतिक्रिया