ग्लोबल आइएमई लघुवित्तको सभा

पोखरा । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सोमबार पोखरामा भएको छ । सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव पारित गरेको छ ।
वित्तीय संस्थाका कम्पनी सचिव एव प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीको सञ्चालनमा भएको उक्त कार्यक्रमको अध्यक्षता सञ्चालक समिति अध्यक्ष बुद्धि अकेलाले गरेका थिए । कार्यक्रममा सेयरधनीबाट उठेका जिज्ञासा एवं सुझावहरुको संस्थाका अध्यक्ष अकेलाले जवाफ दिए ।
उनले विषम परिस्थितिमा पनि वित्तीय संस्थाका सूचकांकहरु अब्बल रहेको र आगामी दिनमा आफ्ना सेयरधनी एवम् ग्राहक सदस्यहरुको सर्वोपरि हित हुने गरी कार्य गरिने प्रतिवद्धता गरे । राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले देशका ५४ जिल्लामा १ सय २१ शाखा कार्यालयमार्फत १ लाख ५२ हजारलाई वित्तीय सेवा दिइरहेको छ । यसले ९ अर्ब ६५ करोड कर्जा लगानी गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।








गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया