पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त बिहीबार, प्रधानमन्त्री ओली आउने

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह बिहीबार हुने भएको छ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुनेभएको छ ।
समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर / शल्यचिकित्सा स्नातकोत्तर, एमडी/एमएस) का प्रथम र दोस्रो ब्याचका ४३ विद्यार्थीहरुलाई दीक्षा दिइनेछ।
कार्यक्रम पोखरा नर्सिङ क्याम्पसको प्राङ्गणमा दिउँसो १२:३० बजे प्रारम्भ हुनेछ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखराको भौतिक संरचना र स्वास्थ्य सेवाको सुदृढ आधारमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२ बमोजिम स्थापना भएको हो। प्रतिष्ठान चिकित्सा शिक्षा सम्बन्धी जनशक्ति उत्पादन र सेवाग्राहीको उपचारलाई प्रभावकारी बनाउन प्रयत्नशील छ।
दीक्षान्त समारोहमा प्रतिष्ठान सभाका सदस्य, जनप्रतिनिधि, विभिन्न विश्वविद्यालयका पदाधिकारी, उच्च प्रशासक, विद्यार्थी, अभिभावक र अन्य विशिष्ट महानुभावहरुको उपस्थिति रहने शाखा अधिकृत सुशीलकुमार अर्यालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया