पर्वत कारागारमा आमासँगै बालिका थुनामा

पर्वत । जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छिन् । झोलामा कापी–कलम बोकेर विद्यालय जाने उमेरमा एनी मोक्तान यतिबेला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी छिन् ।
मकवानपुरको कैलाश गाउँपालिका–४ घर भई हाल कुश्मा नगरपालिका–७ खरेहा बस्दै आएकी एनी आमा रोशनी नेपालीसहित गत असोज ७ गतेदेखि कारागारमा रहेकी छिन् । आमा रोशनी लागुऔषध बेचबिखन मुद्दाको सुनुवाइको क्रममा पुर्पक्षका लागि थुनामा रहेका कारण उएनी पनि कारागामा बस्दै आएकी हुन् ।
एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएकोे आमा २७ वर्षीया रोशनीले बताइन् । रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए । एनीको घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति कोही नभएका कारण आमा रोशनीले आफूसँगै राख्दै आएको जिल्ला कारागारका सूचना अधिकारी महेन्द्र रेग्मीले बताए । उक्त मुद्दाको हालसम्म फैसला हुन नसकेको उनको भनाइ थियो । रासस







इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया