सम्पादकीयः हिउँदे अधिवेशनको सम्मुखमा अध्यादेश

सरकार (कार्यपालिका)ले संसद (व्यवस्थापिका)मा विधेयक टेबुल गरेपछि कानुन निर्माणको प्रक्रिया सुरु हुन्छ । कानुन निर्माण गर्ने राज्यको प्रमुख कार्य मानिन्छ । कानुनको तर्जुमा गर्ने काम प्रायः कार्यपालिकाको हो । यो अधिकार सरकारले प्राप्त गर्ने स्रोत पुनः व्यवस्थापिका नै हो । सामान्यतया शक्तिपृथकीकरणको सिद्धान्तअनुसार व्यवस्थापिकाले कानुन निर्माण गर्नुपर्छ । संसदले बनाएको कानुनको सरकारले कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभाको अधिवेशन चलिरहेको अवस्थाबाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्छ । संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने वेलामा सरकारले ४ वटा अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार अनि लगानी अभिवृद्धिसम्बन्धी विद्यमान ऐनहरूलाई संशोधन गर्ने चारवटा अध्यादेश जारी गरे ।
मन्त्रिपरिषद्ले गत पुस १४ मा समेत सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरे । पुसमा महिनामा मात्र आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी ११ वटा, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवासम्बन्धी १३ वटा र भूमि तथा वनसम्बन्धी तीनवटा गरी २७ वटा ऐनमा अध्यादेशमार्फत् संशोधन भएको छ । त्यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र निजीकरण ऐन, २०५० मा पनि केही समसामयिक विषय सम्बोधन गर्न र कार्यविधिगत स्पष्टता प्रदान गर्न केही प्रावधान संशोधन गरी अन्य दुई छुट्टा–छुट्टै अध्यादेश जारी भए । सरकारको यस्तो कार्यले मुलुक अध्यादेशले चल्न खोजेको देखिन्छ ।
नेपालमा सामान्यतया दशैँअघि बर्खे अधिवेशन अन्त्य गर्ने र हिउँदे अधिवेशन मंसिरको अन्त्यतिर वा पुसको सुरुतिर आह्वान हुने परम्परा छ । संसद्को बर्खे अधिवेशन गत भदौ ३१ मा टुंगिएको थियो । कानुन बनाउन केन्द्रित हिउँदे अधिवेशन सुरु हुन सकेको छैन ।
अहिलका लागि तत्काल आवश्यक पर्ने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ र ’विद्यालय शिक्षा विधेयक, २०८०’ जस्ता केही प्रस्तावित कानुन संसदीय समितिमा छलफलमा छन् । नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्तावबारे अझै छलफल हुन सकेको छैन । यस्तो अवस्थामा नेपालको कानुन निर्माणको विश्लेषण गर्दा ऐन सरह मान्य हुने अध्यादेशलाई पनि मनन गर्नुपर्ने हुन्छ ।
अध्यादेशको अवधारणा देश सञ्चालनका लागि तत्काल कुनै कानुन, प्रचलन, सिद्धान्त नभएका अवस्थाका लागि बनेको हो । तर अहिलेको अवस्था देश चलाउनकै लागि कुनै कानुन अभाव भएको समय थिएन । अत्यावश्यक भएको अवस्थामा सदन नै पनि एक–दुई साता छिटो बोलाउन सकिने अवस्था थियो । निकै अपवादबाहेक कानुन निर्माणको अधिकार व्यवस्थापिकालाई नै छाड्दा राम्रो र व्यावहारिक हुन्छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया