अभद्र व्यवहारमा आशिका तामाङ पक्राउ
समाधान संवाददाता
२०८१ माघ २ गते १५:४५

पोखरा । आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ। अभिनेत्री तथा अभियान्ता तामाङलाई नेपाल प्रहरीले बुधबार दिउँसो स्वयम्भुबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो।
केही दिनअघि पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अहिले उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा लगिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर हिरासतमा लिएको हो।
सम्बन्धित
तपाईको प्रतिक्रिया