एमालेको वडा केन्द्रित अभियान

पोखरा ।
नेकपा (एमाले) जिल्ला कमिटी कास्कीले स्थानीय तहको वडा तहसम्म केन्द्रित गरी अभियान गर्ने तयारी गरेको छ । एमालेलाई निर्णायक शक्ति बनाउने केन्द्रीय कमिटीको माघदेखि चैतसम्मको ३ महिने अभियान अन्तर्गत स्थानीय तहसम्म पार्टीका गतिविधिलाई नियमित गर्ने जिल्ला कमिटी कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
उनले हरेक टोलमा पार्टी कमिटी गठन र विस्तार गरिने उल्लेख गरे । ३ महिने जरा केन्द्रित अभियान सञ्चालनका लागि तयारी गरेको उल्लेख गर्दै उनले जिल्ला कमिटी कास्कीले आगामी माघ १८, १९ र २० गते जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने बताए । पार्टीको मुखपत्र घोषणाको ११ औं संस्करणको प्रकाशन गरेको जानकारी दिँदै उनले कार्यालयको भवन मर्मत तथा सभा हल निर्माणको काम भइरहेको उल्लेख गरे ।
उनले हरेक पालिकामा योगदानमा आधारित समाजिक सुरक्षा योजना कार्यान्वयनका लागि कार्यक्रम गर्ने जनाए । अध्यक्ष अधिकारीले अर्को बैठकसम्म कमिटी विस्तार र विभाग गठन गर्ने बताए ।
एमालेका केन्द्रीय सदस्य कृष्ण थापाले पार्टीलाई एकताबद्ध र कामलाई व्यवस्थित गर्ने जनाए । उनले पालिका कमिटीको बैठक बसी बाँकी वडा अधिवेशनलाई सम्मन्न गर्ने बताए । उनले मनोनयन, विभाग गठन गरेपछि माघको २० गतेसम्म सबै काम सम्पन्न गर्ने उल्लेख गरे ।
‘तीन महिने जरा केन्द्रित अभियानको खाका आएपछि कार्यान्वयन गरिने छ,’ उनले भने, ‘वडा कमिटीको नियमित गतिविधि गरी टोल कमिटी गठन गर्ने योजना छ ।’ उनले संगठन सुदृढीकरणका लागि भेला, प्रशिक्षण गर्ने जनाए । उनले वित्तीय संघीयता कार्यान्वयनका लागि संघ तथा प्रदेश सभाका सदस्यको लेबीको ३० प्रतिशत जिल्ला र १५ प्रतिशत सम्बन्धित निर्वाचन क्षेत्रमा जानुपर्ने अडान राखे ।
एमालेका केन्द्रीय सदस्य चूडामणि जंगलीले अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेट्नुपर्ने बताए । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन भएको खण्डमा नयाँ युगको सुरुवात हुने दाबी गर्दै उनले योजनाको कार्यान्वयनलाई ऐच्छिक नभएर बाध्यकारी बनाउन माग गरे ।
एमालेका अर्का केन्द्रीय सदस्य राजीव पहारीले पार्टीका नेता तथा कार्यकर्तामा हार्दिकता नभएको र प्रतिरोधी क्षमता कमजोर भएको आरोप लगाए । कार्यक्रममा एमाले कास्कीका सचिव दर्शन लामा, उपसचिव लालबहादुर परियार, जिल्ला कमिटी कास्की सदस्यहरु नन्दलाल अधिकारी, सन्तोष पोखरेल, पोखरा महानगरपालिका कमिटी अध्यक्ष जीवनप्रसाद आचार्य लगायतले पार्टीको गतिविधिबारे बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया