
सिक्लेस । सिक्लेस युवा क्लबको आयोजनामा मंगलबारदेखि मादी १ सिक्लेसमा सुरु भएको माघे सक्रान्ती मेला अन्तर्गत ठेलो प्रतियोगिताको उपाधि निरज गुरुङले उपाधि जितेका छन् ।
माघ ४ गतेसम्म सञ्चालन हुने मेलामा बुधबार भएको फाइनल खेलमा उनले स्याङ्जा टक्सारका गुरुङले बागलुङ निसीखोलाका बालकुमार बिरहीलाई पछि पारेका हुन् ।
सिक्लेस मेलामा आठौं पटक उपाधि जितेका निरजले ४५ हजार रुपैयाँ प्राप्त गरे । द्वितीय भएका विरहीले ४० हजार रुपैयाँ प्राप्त गरे । उनीहरुलाई २०२६ सालको माघे सक्रान्ती मेलामा ठेलोमा प्रथम भएका ताङतिङका केशबहादुर गुरुङ, प्रतियोगिता संयोजक क्या. लोककृष्ण गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
विजेता र उपविजेता दुवैलाई सम्मान स्वरुप फेटा मालाले सम्मान गर्दै गाउँ परिक्रमा गराइएको थियो । सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना समेत गरेको छ ।
मेलाको मुख्य आकर्षकको रुपमा खुल्ला पुरुष भलिबल र खुल्ला पुरुष बास्केटबल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ । अनौपचारिक रुपमा मेलामा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भइरहेपनि मेलाको औपचारिक सुरुवात बिहीबार हुनेछ । मेलाको सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सिक्लेस पोखरादेखि ४० किलोमिटरको दुरीमा रहेको छ । २०५२ सालमा स्थापित क्लबले निरन्तर रुपमा सञ्चालन गर्दै आएको छ ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया