मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी, सुरक्षा गार्ड घाईते

सुन्दरकुमार थकाली २०८१ माघ ३ गते ७:४६



जोमसोम । जिल्ला प्रशासन कार्यालय मुस्ताङको पुरानो भवनमा बिहिबार बिहान करिव १ः ४० बजे आगलागी भएको छ । आगलागीबाट सिडियोका पिएसओ हवल्दार खेमप्रसाद तिवारी घाईते भएका छन् ।

Advertisement


घाईते पिएसओ तिवारीलाई एम्बुलेन्स मार्फत पोखरा झारिदै गरेको मुस्ताङका सहायक सिडियो रामप्रसाद सुवेदीले जानकारी दिए । घाईते तिवारीको हात र औलामा चोटपटक लागेको र उनको अवस्था मध्यम रहेको सहायक सिडियो सुवेदीले बताए ।

आगलागीको कारण विद्युत सट वा ग्यास लिक भएर हुनसक्ने उनको भनाई छ । घटनाअघि आगलागी भएको थाहा पाएपछि झ्यालबाट हाम फालेर बाहिर निस्किएका थिए ।

मुस्ताङ प्रशासनको पुरानो भवनमा आगलागी भएपछि प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो । उक्त प्रशासनको भवनको माथिल्लो तलाको एक कोठामा सहायक सिडियोको क्वाटर र अर्कोमा सिडियोका पिएसओ बस्ने गर्थ्ये ।


आगलागीबाट प्रशासन कार्यालयको भवनमा आशिंक क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया