अधिवक्ता त्रिपाठीमाथि कुटपिट घटनाको डिएलए नेपालद्वारा निन्दा

पोखरा । जिल्ला अदालत परिसरमा अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको कुटपिटको घटनाको नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए नेपाल) ले निन्दा गरेको छ।
डिएलए नेपालले कुटपिटको यो घटना अदालत परिसरजस्तो हिंसारहित क्षेत्रका लागि अपमानजनक भएको भन्दै घटनामा संलग्न दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न जोडदार माग गरेको छ। त्रिपाठीमाथि अदालत परिसरबाट बाहिरिने क्रममा भएको आक्रमणलाई संस्थाले स्वतन्त्र न्यायपालिका, कानूनी शासन, र लोकतान्त्रिक चरित्रका लागि खतरनाक भएको बताएको छ।
विज्ञप्तिमा यस्ता आपराधिक क्रियाकलापले न्यायालयप्रतिको विश्वासमा आँच पुर्याउने भन्दै कडा निन्दा गरिएको छ। डिएलए नेपालले अदालत परिसरलाई सुरक्षित र मर्यादित राख्न राज्यको तर्फबाट आवश्यक कदम चाल्न आग्रह गरेको छ।
सहकारी पीडितका पक्षमा बहस गरेर बाहिर निस्केका अधिवक्ता त्रिपाठीमाथि रवि लामिछाने समर्थकतले बुधबार हातपात गरेका थिए ।
तपाईको प्रतिक्रिया