पोखराका मनहर कडरियासहित ५ जना छानिए इन्टेग्रिटी आइकन नेपाल २०२४ मा

समाधान संवाददाता २०८१ माघ ३ गते ११:११

पोखरा । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५ मा पोखरा महानगरपालिकाका वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरिया छानिएका छन् ।

Advertisement

यस वर्ष इन्टेग्रिटी आइकन नेपालका लागि देशभरिबाट ३ सय ४९ वटा मनोनयन प्राप्त भएका थिए । प्राप्त मनोनयनहरूबाट विभिन्न छनोट प्रक्रिया पूरा गरेर निर्णायक समितिले ५ जना इन्टेग्रिटी आइकन छनोट गरेको हो ।

इन्टेग्रिटी आइकन २०२४ का लागि छनोट हुनेमा वरिष्ठ कृषि विकास अधिकृत मनहर कडरियासहित जनस्वास्थ्य निरीक्षक सर्मिला सुवेदी, शिक्षा अधिकृत बोधराज पाठक, शाखा अधिकृत मनपुरण चौधरी, प.हे.न. अधिकृत मीराकुमारी यादव छन् ।

निर्णायक समितिमा सुशासनविद् सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, नेपाल सरकारका भूतपूर्व सचिवद्वय पुण्यप्रसाद न्यौपाने र जीवनप्रभा लामा, प्राध्यापक तथा सुशासनविद् डा सुचेता प्याकुरेल र इन्टेग्रिटी आइकन २०१५ प्रदीपराज कणेल थिए ।

निर्णायक समितिले गर्ने छनौट प्रक्रियालाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि तथ्य संकलन, व्यवस्थापन र विश्लेषण गर्न निर्णायक उप–समिति र एकाउन्टिविलिटी ल्याबको सचिवालयले पूरा १ वर्ष लगाएर काम गरेको थियो । छनोट भएका पाँचै जनालाई माघ ८ गते मंगलबारका दिन एक समारोह आयोजना गरी सम्मान गरिने छ ।

Advertisement

तपाईको प्रतिक्रिया