अधिवक्ता त्रिपाठीमाथि भएकाे आक्रमणप्रति नेपाल वार एशोसिएशनको ध्यानाकर्षण

पाेखरा ।
नेपाल वार एशोसिएशनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि बुधबार भएको गाली गलौज र सांघातिक हमला प्रति घोर भत्र्सना गरेको छ। घटनाले न्यायपालिकाको सम्मान र कानून व्यवसायीको सुरक्षा माथि गम्भीर प्रश्न उठाउने कार्य भएको बताइएको छ।
एशोसिएशनले घटनालाई स्वतन्त्र न्यायपालिकाको उपहास र कानून व्यवसायीको पेशागत सुरक्षा माथिको चुनौतीको रुपमा लिएको छ। यसमा कानून व्यवसायीको पेशागत हक र सुरक्षा सुनिश्चित गर्न गम्भीर कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएका छ ।
अधिवक्ता त्रिपाठी माथि भएको सांघातिक हमलामा संलग्न व्यक्तिहरुको पहिचान गरी उनीहरुको विरुद्ध कानूनी कारवाही प्रक्रिया अघि बढाउन र भविष्यमा यस्तो घटना नदोहोरोस् भनेर नेपाल सरकार र सम्बन्धित निकायसँग कडा कदम चाल्न एशोसिएशनले आह्वान गरेको छ।
यस घटनाले कानून व्यवसायीको पेशागत सुरक्षा र न्यायपालिका प्रत्तिको विश्वासलाई चुनौती दिएको भन्दै एशोसिएशनले घटनाको घोर निन्दा गर्दै कडा कारवाहीको माग गरेको छ।

तपाईको प्रतिक्रिया