कांग्रेस नेता शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्रीबिच भेटवार्ता

समाधान संवाददाता २०८१ माघ ३ गते १४:५३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइराला र बेलायतका पूर्व विदेशमन्त्री जेम्स क्लेभर्लीबिच भेटवार्ता भएको छ ।

Advertisement

बेलायतको भ्रमणमा रहेका डा कोइरालाले बिहीबार बिहान बेलायतको संसद् भवन हाउस अफ कमन्समा कन्जरभेटिभ पार्टीका नेता एवम् बेलायतका पूर्व विदेशमन्त्री क्लेभर्लीसँग भेटवार्ता गरेको डा कोइरालाको निजी सचिवालयले जनाएको छ ।

कोइराला र क्लेभर्लीबिच भएको भेटमा नेपाल–बेलायतसम्बन्ध, आपसी सहयोग जस्ता विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा डा कोइरालाले नेपालमा बेलायती सहयोगमार्फत बनेका आयोजनामा थप सहयोगका निम्ति आग्रह गरेका छन् । रासस

तपाईको प्रतिक्रिया