गृह सजावटका कार्पेन्टरलाई प्रशिक्षण

पोखरा ।
बालाजी एक्सन टेसा कम्पनीले आफ्ना गृह सजावटका उत्पादनको बारेमा जानकारी दिन पोखराका कार्पेन्टरलाई लक्षित गरी मेगा कार्पेन्टर मिट गरेको छ ।
कार्यक्रममा पोखरा आसपासका ४ सय कार्पेन्टरका सहभागिता रहेको कम्पनीका महाप्रबन्धक पुनित कुमारले जानकारी दिए । उनले कम्पनीले फर्निचरलाई आवश्यक पर्ने एमडिएफ, एचडिएचएमआर, बिडब्लुपी, एचएमआर लगायतका आधुनिक बोर्ड उत्पादन गरेको बताए ।
‘टेसा कम्पनीले उत्पादन गरेको सामाग्री एक नम्बरमा पर्छन,’उनले भने, ‘कम्पनीले बजारमा ल्याएका सामान आम कार्पेन्टरको रोजाईमा परेका छन् ।’ उनले कम्पनीले उत्पादन गरेका समानलाई समय अनुसार आधुनिक र गुणस्तरीय बनाएको दाबी गरे ।
महाप्रबन्धक कुमारले घर डिजाइनको लागि उत्पादन भएका सामाग्री उच्च गुणस्तरको भएकोले वर्तमान आर्थिक मन्दीको समयमा समेत नेपालमा बढी खपथ भएको जनाए । कम्पनीका उत्कृष्ट उत्पादन १०, २० र २५ वर्षको वारेन्टी भएको उल्लेख गर्दै उनले उत्पादन भएका सबै सामाग्री वातावणमैत्री, वर्षातले असर नपर्ने दाबी गरे । पोखरामा भारतको राजधानी दिल्लीमा भन्दा समेत बढी कार्पेन्टरहरुको सहभागिता भएकोमा आभार प्रकट गरे ।
कम्पनीका पोखराका आधिकारिक वितरक एपी सप्लायर्सका प्रोपाइटर प्रकाश वाग्लेले टेसाका उत्पादन गुणस्तरीय भएकोले धेरै प्रयोगकर्ताले रुचाएको कारण बजारी करणमा समस्या नभएको दाबी गरे । कार्यक्रममा पोखराका कार्पेन्टरलाई सम्मान गर्नुका साथै लक्की ड्र मार्फत विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । १५ वर्ष अगाडिसम्म काठको पर्केटिङका सामान चीनबाट बढी आउने गरेकोमा पछिल्लो समयमा भारतीय बालाजी एक्सन टेसा कम्पनीले नेपालमा बजार विस्तार गरेको छ ।
तपाईको प्रतिक्रिया