एनप्याब्सन महाधिवेशन फागुनको दोस्रो साता

पोखरा । नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुन दोस्रो साता काठमाडौंमा हुने भएको छ ।
नेसनल प्याब्सनको पोखरामा भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले विधानका केही बुँदा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेसनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी तथा सदस्यमा याम खड्का, जय बहादुर श्रेष्ठ, राजु गुरुङ र वेदप्रसाद पन्त छन् ।
बैठकले महाधिवेशन सुव्यवस्थित गराउन उप–समिति गठन गर्ने, सदस्यता नवीकरण प्रमाणिकरण माघ महिनाभित्र गरिसक्ने र आवश्यकता अनुसार विधान परिमार्जन गर्नु परेमा, विधान परिमार्जन समिति निर्माण गरी केन्द्रीय समितिमा छलफल गराई केन्द्रीय महाधिवेशनबाट अनुमोदन गराउने निर्णय गरेको अध्यक्ष न्यौपनेले जानकारी दिए ।
नेसनल प्याब्सन गण्डककी प्रदेश, कास्की र पोखरा महानगर पालिकाको स्थानीय व्यवस्थापनमा भएको राष्ट्रिय परिषद् बैठकमा देशभरबाट १ सय ८४ जनाको सहभागिता रहेको रहेको उपमहासचिव प्रकाश चन्द्र खड्काले जानकारी दिए । बैठकमा नगरबाट अध्यक्ष वा प्रतिनिधि, जिल्ला र प्रदेशबाट अध्यक्ष, उपाध्यक्ष सचिव र कोषाध्यक्ष तथा केन्द्रीय समितका सल्लाहकार, पदाधिकारी तथा सदस्यको सहभागिता थियो ।
बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा नगरबाट आएका प्रतिनिधिले आ–आफ्ना धारण व्यक्त गरेका थिए । नेसनल प्याब्सन केन्द्रीय अध्यक्ष सुवास न्यौपनेको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष याम खड्का र उपमहासचिव प्रकाशचन्द्र खड्काले पनि बोलेका थिए ।
तपाईको प्रतिक्रिया