पृथ्वीनारायण क्याम्पसका प्रमुख पाठकको पदस्थापन

पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकको पदस्थापन भएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले आइतबार २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको थियो । त्यस अन्तर्गत नै पाठक पृना प्रमुख भएका हुन् । बुधबार उनको पदस्थापन भएको हो ।
ताप्लेजुङको सिनाममा जन्मिएका पाठकले पृथ्वीनारायण क्याम्पसमा ३० वर्षभन्दा बढी समयदेखि प्राध्यापन गर्दै आएका छन् । उनी अहिले पोखरा ५ पर्स्याङका बासिन्दा हुन् । २०५१ सालमा व्यवस्थापन संकायमा सहायक प्राध्यापकको रूपमा उनी पृना प्रवेश गरेका थिए ।
पाठकले त्रिविमा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । उनीसँग पृनाथमा व्यवस्थापन संकायको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । उनी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य हुन् । ‘द जर्नल अफ नेप्लिज बिजनेस स्टडिज’का कार्यकारी सम्पादक उनी आन्तरिक गुणस्तर सुनिश्चितता समितिद्वारा गठित एमबिएस पाठ्यक्रम मूल्यांकन र सुझाव समितिका समन्वयक भई सेवा गरेका छन् ।
पृनालगायत अन्य क्याम्पसका व्यवस्थापन संकायका शिक्षक तथा विद्यार्थीहरूलाई एसपिएसएस सफ्टवेयर चलाउने, अनुसन्धान पद्दति, अनुसन्धान लेख लेख्ने, अनुसन्धान प्रस्ताव लेखन, थेसिस लेखन आदि विषयमा तालिम प्रदान गर्दै आएका छन् ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया