पृथ्वीनारायण क्याम्पसका प्रमुख पाठकको पदस्थापन

पोखरा । पृथ्वीनारायण क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकको पदस्थापन भएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले आइतबार २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको थियो । त्यस अन्तर्गत नै पाठक पृना प्रमुख भएका हुन् । बुधबार उनको पदस्थापन भएको हो ।
ताप्लेजुङको सिनाममा जन्मिएका पाठकले पृथ्वीनारायण क्याम्पसमा ३० वर्षभन्दा बढी समयदेखि प्राध्यापन गर्दै आएका छन् । उनी अहिले पोखरा ५ पर्स्याङका बासिन्दा हुन् । २०५१ सालमा व्यवस्थापन संकायमा सहायक प्राध्यापकको रूपमा उनी पृना प्रवेश गरेका थिए ।
पाठकले त्रिविमा व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् । उनीसँग पृनाथमा व्यवस्थापन संकायको विभागीय प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव पनि छ । उनी अनुसन्धान तथा नवप्रवर्तन केन्द्र पृथ्वीनारायण क्याम्पसका सदस्य हुन् । ‘द जर्नल अफ नेप्लिज बिजनेस स्टडिज’का कार्यकारी सम्पादक उनी आन्तरिक गुणस्तर सुनिश्चितता समितिद्वारा गठित एमबिएस पाठ्यक्रम मूल्यांकन र सुझाव समितिका समन्वयक भई सेवा गरेका छन् ।
पृनालगायत अन्य क्याम्पसका व्यवस्थापन संकायका शिक्षक तथा विद्यार्थीहरूलाई एसपिएसएस सफ्टवेयर चलाउने, अनुसन्धान पद्दति, अनुसन्धान लेख लेख्ने, अनुसन्धान प्रस्ताव लेखन, थेसिस लेखन आदि विषयमा तालिम प्रदान गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया