सन्तोष र सहिमाको नयाँ गीत

पोखरा ।
गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्रै छ सम्झना’को म्युजिक भिडियो सार्वजनिक भएको हो । कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीतसमेत बस्यालले गरेका हुन् ।
योगेश काजीको संगीत संयोजनमा तयार भएको गीत अमन तामाङको निर्देशनमा तयार भएको हो । म्युजिक भिडियोमा टिकटक स्टार बिना राउत र कुशल कोरियोग्राफर एवं डान्सर विवेक थापाको अभिनय छ ।
गीतबाट गायक बस्याल आशावादी देखिन्छन् । पोखरामा रहेर संगीतसँगै पत्रकारिता क्षेत्रलाई अगाडि बढाइरहेका बस्यालको यो लोक लयको गीत हो । यसअघि बस्यालले जीवन सुनारको शब्द, संगीतमा मैले तिमीलाई माया गर्दा, योगेश काजीको शब्द संगीतमा ओम गुरुङसँगै युगल गीत रेशम फिरिरी, दीपक शर्माको शब्द संगीतमा ढाट्यो मायाले, आकाश दाहालको शब्द र आफ्नै संगीतमा बस है पियारी लगायतका गीत सार्वजनिक गरिसकेका छन् ।
बस्याल विगत १० वर्षदेखि संगीतमा आबद्ध छन् । शास्त्रिय संगीतसमेत सिकेका बस्याल पर्वतका हुन् । बस्यालको गायिका अस्मिता अधिकारीसँगै रेकर्ड भएको ‘मायामा मायामा’ लगायतका गीत आउने क्रममा छन् ।
पछिल्लो समयकी चर्चित गायिका सहिमाले नेपाली सिनेमाको दर्शन सलाम, तिम्रा डोलाडोला हातमा, पिच्चर हिट लगायतका गीत गायकी छन् । गीतकार कपिल शर्मा नाटक निर्देशक हुन् । उनी गीतसँगै गजल, मुक्तक पनि लेख्छन् ।
बी टु डी डान्स स्कुलको प्रस्तुतिमा सार्वजनिक भएको गीतको म्युजिक भिडियोलाई प्रकाश गुरुङ ‘काश’ले खिचेका हुन् । उक्त गीतमा विवेक थापा र स्मृति गुरुङको कोरियोग्राफी छ ।
पोखरामा रहेर म्युजिक भिडियोमा क्रियाशील कलाकार सरिता दानकुटी, साजन खड्का, राजुकमार नेपाली, सुनिल किसान, राम पटेल, लक्ष्मण पटेल, गणेश तामाङ, सुमन परियार, अर्जुन शेरचन, किशोर अछामी, अञ्जुबुढा मगर, अस्मिता नेपाली, कञ्चन नेपाली, इथिया गुरुङ, काजल ठकुरी, बिपना तामाङ, सुस्मिता थापा, पे्रशा परियार, सुक्मित गुरुङ, एलिसा मगरको अभिनय छ ।
गीतलाई बी टुु डी इन्टरटेन्मेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको हो । निर्देशक तामाङको सम्पादन र कलरिङ रहेको म्युजिक भिडियो छायाँकन पोखरामा गरिएको हो ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया