बालविवाह दण्डनीय अपराध
विवाह उमेर घटाउने प्रयासप्रति सिजपको आपत्ति

पोखरा । नेपालको संविधानले बालविवाहलाई बालअधिकार हनन र दण्डनीय अपराधका रूपमा परिभाषित गरेको सन्दर्भमा विवाहको कानूनी उमेर २० बाट घटाएर १८ वर्ष बनाउने सुझावप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले गम्भीर आपत्ति जनाएको छ।
सिजपका महासचिव तिलोत्तम पौडेलका अनुसार, विवाहको उमेर २० वर्ष तोक्ने वर्तमान प्रावधानलाई परिवर्तन गर्नु विगतमा भएको व्यापक छलफल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूमाथि प्रहार हुनेछ। “बालविवाहले बालबालिकाको अधिकार हननमात्र गर्दैन, शिक्षा, स्वास्थ्य र मानसिक परिपक्वतामा समेत नकारात्मक प्रभाव पार्छ,” पौडेलले भने।
बालविवाह अन्त्यका लागि नेपाल सरकारले ‘बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०८१’ ल्याउने तयारी गरिरहेको अवस्थामा आएको यो सुझावलाई सिजपले असामान्य र हानिकारक कदमका रूपमा व्याख्या गरेको छ।
बालविवाहले किशोर किशोरीलाई आधारभूत अधिकारबाट वञ्चित गराउने मात्र नभई उनीहरूको भविष्य निर्माण गर्ने अधिकारसमेत कुण्ठित गर्ने सिजपको ठहर छ। यसले बालश्रम, लैङ्गिक हिंसा र यौनजन्य हिंसालाई प्रोत्साहन गर्न सक्ने जोखिम रहेको महासचिव पौडेलले बताए।
सिजपले विवाहको उमेर २० वर्ष कायम राख्दै बालविवाह अन्त्यका लागि ठोस कार्यक्रम र बजेटको तयारीमा ध्यान दिन सरोकारवालाहरूलाई अपिल गरेको छ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया