जाडोमा बच्चालाई कसरी न्यानो र सुरक्षित राख्ने ?

नेपालसहित विश्वका धेरै देशमा अहिले जाडोको मौसम चलिरहेको छ । यो मौसमले ठूलालाई मात्रै हैरान गर्दैन, नानीबाबुहरूलाई पनि धेरै समस्यासँग जुध्न बाध्य बनाउँछ । यस्तो अवस्थामा नानीबाबुहरूलाई जाडोबाट बचाउनु अत्यन्त जरुरी हुन्छ । विशेष गरी पाँच वर्ष वा त्योभन्दा कम उमेरका बच्चाहरूलाई जाडोको मौसममा धेरै सावधानी अपनाउन आवश्यक हुन्छ ।
जाडोको मौसममा केही उपाय अपनाएर तिमीले आफ्ना साना बच्चाहरूलाई न्यानो र सुरक्षित राख्न सक्छौ । जाडोको मौसममा पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूमा बढी समस्या र जोखिम देखिन्छ । ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) को सल्लाहअनुसार साना बच्चा र नवजात शिशुहरूलाई जाडो र चिसोबाट जोगाउनका लागि एकभन्दा बढी लुगा लगाइदिनुपर्छ ।
रातिको समयमा उनीहरूलाई हलुका तौलका सिरक ओढाउनुपर्छ । तर, यो ध्यान दिन जरुरी छ कि शिशुहरूलाई रातिको समयमा धेरै न्यानो कोठाको आवश्यकता हुँदैन । उनीहरूका लागि १६ देखि २० डिग्री सेल्सियसको तापक्रम उपयुक्त मानिन्छ ।
धेरै गर्मीले शिशुहरूको अचानक मृत्यु अर्थात् एसआईडीएस (सडन इनफ्यान्ट डेथ सिन्ड्रोम) को कारण बन्न सक्छ ।
जाडो मौसममा तपाई आफ्नो शिशुलाई बाहिर लैजाँदै हुनुहुन्छ भने उसको टाउकोलाई न्यानो कपडाले ढाक्नुपर्छ । यसका अतिरिक्त उसलाई न्यानो राख्नका लागि पञ्जा र मोजा लगाइदिनुपर्छ । गाडीमा यात्रा गर्दा सुरक्षा उपायका रूपमा आफ्नो बच्चालाई थोरै पातलो स्वेटर वा कोट लगाइदिनुपर्छ ताकि उसलाई सिट बेल्ट बाँध्न ठाउँ मिलोस् । यदि आवश्यक छ भने सिट बेल्ट बाँधिसकेपछि उसलाई सिरक ओढाउन सक्नुहुन्छ । तर, जब गाडीबाट ओर्लेर घर वा कोठाभित्र गइन्छ, त्यसपछि सिरक हटाइदिनु पर्छ ।
बिबिसी हिन्दीबाट अनुवादित सामग्री ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया